नेप्से ३० अंकले घट्दा एक अर्बमा खुम्चियो कारोबार, बीमा समूहमा उच्च गिरावट
२० चैत्र २०७८, आईतवार १५:०६
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । गत साता २३ अंकले घटेर बन्द भएको नेप्से आज ३०.८९ अंकले घटेर २५१३.४१ विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३२ लाख ५३ हजार ८१६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४६ करोड ७ लाख ७३ हजार ७२९ रुपैयाँको कारोबार भएको छ ।
नेप्से घटेसँगै आज कारोबार समेत १ अर्बमा खुम्चिन पुगेको छ । पछिल्लो केही समययता नेपालको पूँजीबजारमा खासै बृद्धि हुन सकेको छैन ।
नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज म्युचुअल फण्ड समूह बाहेकका सबै सूचक राताम्य भएका छन् । आज सर्वाधिक जीवन बीमा समूहको २१६.९९ रुपैयाँ र निर्जिबन बीमा समूहको १७४.६१ रुपैयाँले घटेको छ ।