बीमा समितिद्धारा संस्थागत सुशासन सम्बन्धी निर्देशिका दोस्रो पटक संशोधन, दुई कार्यकाल भन्दा बढि अध्यक्ष हुन नपाउने

२० चैत्र २०७८, आईतवार १४:११

काठमाडौं । बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका दोस्रो पटक संशोधन गरेको छ । बीमा समितिले केही महिना पहिले गरेको संशोधन पर्याप्त नभएपछि पुनः आवश्यक छलफल पश्चात दोस्रो पटक संशोधन गरी सुधारहरु गरेको जनाएको छ ।

बीमा समितिको नयाँ व्यवस्था अनुसार कुनै पनि बीमा कम्पनीको अध्यक्ष तथा सञ्चलाकहरु दुई कार्यकाल भन्दा बढि समय पदमा रहेर काम गर्न पाउने छैनन् । बीमा समितिले बीमा कम्पनीहरुको नियमन प्रभावकारी बनाउन यसअघि केन्द्रीय बैंकले लागू गरेजस्तै नीति बीमा क्षेत्रमा पनि लागू गरेको हो ।

नयाँ व्यवस्था अनुसार बीमा कम्पनीका धेरै अध्यक्ष तथा सञ्चालकहरुको कार्यकाल नविकरण हुने छैनन् । बीमा क्षेत्रको नियमन प्रभावकारी बनाउन नयाँ व्यवस्था लागू गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

नयाँ व्यवस्था अनुसार बीमक कम्पनीहरुले कूल मुनाफाको एक प्रतिशत रकम सामाजिक उत्तर दायित्व अन्तर्गत खर्च गर्नुपर्ने व्यवस्था लागू गरेको छ ।

निर्देशिकाको पूर्णपाठ हेरौं ।

Corporate-Governance-2075.01.09 adn 2nd amendent 2078 chaitra

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*