फागुनमा मात्रै २० निर्जिवन बीमा कम्पनीले संकलन गरे साढे तीन अर्ब, जनरल इन्स्योरेन्सको सबैभन्दा कम

२० चैत्र २०७८, आईतवार १२:५८

काठमाडौं । फागुन महिनामा मात्रै २० वटा निर्जिवन बीमा कम्पनीहरुले करिब साढे तीन अर्ब रुपैयाँ कूल बीमा शुल्क संकलन गरेका छन् ।

बीमा समितिले आज सार्वजनिक गरेको विवरण अनुसार निर्जीवन बीमा कम्पनीले पछिल्लो महिना मात्रै तीन अर्ब ४७ करोड ५६ लाख १० हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । निर्जिवन बीमा कम्पनीहरुको कूल बीम शुल्क फागुन महिनामा घटेको देखिएको छ ।

फागुन महिनामा शिखर इन्स्योरेन्स कम्पनी कम्पनीले ३३ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ । त्यस्तै, अर्को कम्पनी सगरमाथाले २६ करोड ७९ लाख रुपैयाँ आर्जन गर्दा नेको इन्स्योरेन्स कम्पनीले २२ करोड १० लाख रुपैयाँ कूल बीमा शुल्क आम्दानी गर्न सफल भएको छ ।

सबैभन्दा कम जनरल इन्स्योरेन्स कम्पनीले छ करोड ५३ लाख रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ । विवादमा पर्दै गएको जनरल इन्स्योरेन्स कम्पनीको पछिल्लो अवस्था खराव हुँदै गएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*