फागुनसम्ममा २० निर्जिवन बीमा कम्पनीले आर्जन गरे २५ अर्ब बीमाशुल्क, शिखर इन्स्योरेन्सको अग्रता कायमै

२० चैत्र २०७८, आईतवार १३:०९

काठमाडौं । निर्जीबन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा २५ अर्ब २९ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले आज सार्वजनिक गरेको तथ्यांकअनुसार निर्जीबन बीमा कम्पनीहरुले फागुन मसान्तसम्ममा २५ अर्ब २९ करोड भन्दा माथि बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

बीमा समितिको तथ्यांक अुनसार सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले अन्य कम्पनीको तुलनामा सर्वाधिक ३ अर्ब १० करोड २९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दै सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेमा अग्रता कायम गरेको हो ।
साथै शिखर इन्स्योरेन्सपश्चात् दोस्रोमा सगरमाथा इन्स्योरेन्सले धेरै बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले फागुन मसान्तसम्ममा २ अर्ब २२ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । इन्स्योरेन्सले फागुन मसान्तसम्ममा १ अर्ब ९९ करोड ८५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । साथै चौथोमा सिद्धार्थ इन्स्योरेन्स रहेको छ । बीमा समितिले आज प्रकाशित गरेको तथ्यांकअनुसार सिद्धार्थ इन्स्योरेन्सले फागुन मसान्तसम्ममा १ अर्ब ७३ करोड ८५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

समितिको तथ्यांक अुनसार एनएलजी इन्स्योरेन्सले १ अर्ब ५७ करोड ६२ लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ४४ करोड रुपैयाँ,  राष्ट्रिय बीमा कम्पनीले १ अर्ब २९ करोड १६ लाख रुपैयाँ,  युनाइटेड इन्स्योरेन्स १ अर्ब १० करोड ७२ लाख रुपैयाँ,  हिमालयन जनरल इन्स्योरेन्सले १ अर्ब १० करोड ८ लाख रुपैयाँ र आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब १० करोड ४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

त्यस्तै,अजोड इन्स्योरेन्सले १ अर्ब ६ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ५ करोड, लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब ३ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ४ करोड, दि ओरियन्टल इन्स्योरेन्सले ९२ करोड १२ लाख, प्रुडेन्सियल इन्स्योरेन्सले ८८ करोड ४७ लाख, एभरेष्ट इन्स्योरेन्सले ८१ करोड ९७ लाख, सानिमा जनरल इन्स्योरेन्सले ६३ करोड ७१ लाख, जनरल इन्स्योरेन्सले ६१ करोड १८ लाख र नेशनल इन्स्योरेन्सले ५७ करोड ९३ लाख रुपैयाँभन्दा माथि बीमाशुल्क आर्जनगरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*