ग्रिन भेन्चर्सको आईपिओ बाँडफाँड केहीबेरमा हुँदै, १८ लाख ७० हजारले आईपिओ नपाउने

२० चैत्र २०७८, आईतवार ०७:०९

काठमाडौं । यही महिना आईपिओ जारी गरेको ग्रीन भेन्चर्स कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ)को बाँडफाँड अहिले केहीबेरपछि हुँदैछ । चैत्र १५ गते नै प्रि–अलटमेन्ट सम्पन्न भइसकेको सो आईपिओ बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा आज बिहान ८ः३० बजे बाँडफाँड हुने क्यािपटलले जानकारी दिएको हो ।

कम्पनीको आइपीओ पाउन भाग्यकै भरपर्नु भएको छ । उक्त आइपीओमा ९.०२ गुणा बढी आवेदन परेको कारण गोलाप्रथाबाट नै आइपीओ बाँडफाँड हुनेछ । यसअनुसार २ लाख ८७ हजार ५०० जनाले मात्र सो कम्पनीको शेयर प्राप्त गर्नेछन् भने बाँकी १८ लाख ७० हजार १३१ जनाले आईपिओ पाउनेछैनन् । आईपिओ नपाउनेहरुको रकम केही दिनमै खातामा फिर्ता हुने कम्पनीले जनाएको छ ।

ग्रिन भेन्चर्स कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको छ । सो आईपीओमा २१ लाख ५७ हजार ६ सय ३१ जना आवेदकहरुले २ करोड ५९ लाख ४० हजार ५ सय ६० कित्ताका लागि आवेदन दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*