ढुवानी व्यवसायी महासंघद्धारा पेट्रोलियम पदार्थको ढुवानी बन्द, माग पूरा नभए बिक्री वितरण रोक्ने

१८ चैत्र २०७८, शुक्रबार १५:३६

काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आजदेखि देशभर पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेको छ । महासंघले नेपाल आयल निगमसँग विभिन्न माग राख्दै पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प पारेका हुन् ।

महासंघका अनुसार निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालस्थित डिपोबाट डिलरले खरिद गर्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकेको हो । पछिल्लो समययता व्यवसायीहरुले निगमसमक्ष विभिन्न माग राख्दै चरणबद्ध आन्दोलनका कार्यक्रमहरु गर्दै आइरहेका छन् । तर निगमले हालसम्म व्यवसायीहरुको माग सम्बोधन गर्न नसक्दा आजदेखि ढुवानी नै बन्द गरेका हुन् ।

आन्दोलनका कारण ढुवानीमा संलग्न १४ सय ट्यांकर र करिब एक हजार बुलेटबाट पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको दैनिक आपूर्ति नै प्रभावित भएको छ । व्यवसायीहरुले निगमले आफुहरुले माग गरेको कुरा पूरा नभएमा यहि चैत २० गतेदेखि नै पेट्रोलियम पदार्थको बिक्रीवितरण समेत बन्द गर्ने जनाएको छ ।

यदि आयल निगमले पेट्रोलियम ढुवानी व्यवसायी महासंघको मागहरु सम्बोधन नगरेमा मुलुकमा पेट्रोलिय पदार्थ लगायत ग्याँस, मट्टीतेल सर्टेज हुने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*