ग्लोबल आइएमई लघुवित्तको १२ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत
१८ चैत्र २०७८, शुक्रबार १२:५६
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
नेप्सेमा लघुवित्तको २८ प्रतिशत बोनस शेयर बापतको १२ लाख ८ हजार ७८९ दशमलव १५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
उक्त शेयर कम्पनीले मंसिर २९ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट पारित भएको थियो ।