नेपाल लाइफले हिमाल सफाई अभियानलाई साथ दिने

१७ चैत्र २०७८, बिहीबार २२:५०

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हिमाल सफाई अभियानमा साथ दिने भएको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत सफा हिमाल अभियानमा साथ दिने सहमति गरेको हो ।

बिहीबार एक कार्यक्रमका बीच नेपाली सेनाले गर्न हिमाल सफाई अभियानमा नेपाल लाइफले आर्थिक सहयोग गर्ने सम्झौता गरेको हो । नेपालमा पर्वतारोहणका लागि खुल्ला हिमालहरु (खासगरी सगरमाथा क्षेत्र) मा फोहोरका कारणले हुन गएको सौन्दर्य ह्रासलाई कम गर्न यो अभियान संचालन गरिएको हो ।

नेपाली सेनाका सहायक रथी हिमांशु खड्काले सरकारी निकाय, गैर–सरकारी संघ÷संस्था, पब्लिक कम्पनी तथा निजी क्षेत्रहरुको सफा हिमाल अभियानमा साथ पाउनु खुसीको कुरा भएको बताउनु भयो । उहाँले नेपाल लाइफले सामाजिक उत्तरदायित्वलाई सफा हिमाल अभियान नै छनौट गरी यसको स्टेकहोल्डर बन्नु सरहानिय भएको बताउनु भयो ।

नेपाल लाइफका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशील कुमार चौधरीले विश्वमान चित्रमा नेपालको उचाइको गौरवलाई स्वच्छ र सफा हिमालले सुन्दर देशका रुपमा परिचय कायम गर्न सहयोग गर्ने कुरालाई मनन गर्दै ‘सफा हिमाल अभियान २०२२’ मा हातेमालो गरेको प्रष्ट्याउनुभयो ।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशील कुमार चौधरी र नेपाली सेनाका तर्फबाट श्री राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्ष निर्देशनालय जंगी अड्डाका सहायक रथी हिमांशु खड्काले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*