इमर्जिङ नेपाल सहित यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार शेयरबजारमा गिरावट आएको छ । अघिल्लो दिन हरियाली छाएको शेयरबजार आज २३ अंकले घटेर कारोबार १ अर्बमा खुम्चिन पुगेको छ ।
नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३७ लाख ८७ हजार ४५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६८६ रुपैयाँको कारोबार भएको छ ।
नेप्से परिसूचक घटेसँगै कारोबार रकम समेत ह्वात्तै घट्न पुगेको छ । कम्पनीहरुको शेयरमूल्य घट्दा समेत लगानीकर्ताहरुले शेयर खरिद नगरेको आजको शेयरबजारको तथ्यांकले देखाएको छ । अघिल्ला दिनहरुमा शेयरबजारमा उच्च अंकको गिरावट आउँदा समेत कारोबार ५ अर्बभन्दा माथि हुने गर्दथ्यो ।
आज एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक इमर्जिङ नेपाल लिमिटेडको भएको छ । कम्पनीको आज एकैदिन ९ करोड २३ लाख ८४ हजरा २४८ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, एभरेष्ट इन्स्योरेन्सको ८ करोड ९५ लाख, सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको ७ करोड १५ लाख, नबिल बैंकको ६ करोड ३० लाख र युनियन लाइफ इन्स्योरेन्सको ४ करोड ८४ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।