२३ अंकले घट्यो नेप्से, जीवन बीमा समूहको सर्वाधिक घट्दा एक अर्बमा खुम्चियो कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजार राताम्य भएको छ । अघिल्लो दि न ४० अंकले बढेर हरियाली छाएको शेयरबजार आज २३.९५ अंकले घट्न पुगेको छ ।
बिहिबार नेप्से परिसूचक शुन्य दशमलव ९३ प्रतिशतले घटेर २५४४ दशमलव ३० विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३७ लाख ८७ हजार ४५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६८६ रुपैयाँको कारोबार भएको छ । नेप्से परिसूचक घटेसँगै आज कारोबार पनि ह्वात्तै घट्न पुगेको छ । बीमा कम्पनी तथा बैंक वित्तीय कम्पनीहरुको पूँजी बृद्धि हुने भएतापनि शेयरबजारमा लगानीकर्ताहरुको खासै उत्साहपन देखिएको छैन ।
नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज व्यपार समूह बाहेकका सबै समूह राताम्य भएका छन् । आज ट्रेडिङ समूह १८.०२ रुपैयाँले बढेको छ भने सर्वाधिक जीवन बीमा कम्पनीको १७९.६४ रुपैयाँले घट्न पुगेको छ ।