इसेवामार्फत ज्योति लाइफ इन्स्योरेन्स्को प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यास ब्याक

१७ चैत्र २०७८, बिहीबार १४:१२

काठमाडौं । नेपालको पहिलो र अग्रणी विद्युतीय भुक्तानी सेवा प्रदायक इसेवामार्फत ज्योति लाइफ इन्स्योरेन्स्को प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यास ब्याक अफर सार्वजनिक गरिएको छ ।

इसेवाले अनलाइनमार्फत प्रिमियम भुक्तानीका लागि प्रोत्साहन गर्न यस्तो योजना सञ्चालनमा ल्याएको आज जनाएको छ । नयाँ योजना अनुसार ज्योति लाइफका बीमितहरुले प्रिमियमको ०.५ प्रतिशत देखि अधिकतम एक हजार रुपैपाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने इसेवाले जनाएको छ । यही चैत्र १५ गतेदेखि सुरु भएको यस योजना अन्तर्गत बीमित तथा अभिकर्ताले विशेष सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यस योजनामा सहभागी हुनका लागि इसेवामा केवाइसी भेरिफाइ भएको हुनुपर्नेछ भने प्रिमियम बुझाउने म्याद ७ दिन ननाघेको हुनुपर्नेछ । बीमितले आफुले प्रिमियम भुक्तानी गरेको ४८ घण्टाभित्र क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

इसेवा नेपालको सबैभन्दा ठूलो विद्युतीय भुक्तान सेवा प्रदायक कम्पनी हो । इसेवामार्फत नेपालका सबै लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्न सकिने व्यवस्था छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*