मनकामना स्मार्ट लघुवित्तद्धारा बोनस शेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न आग्रह

१७ चैत्र २०७८, बिहीबार १२:०८

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न शेयरधनीहरुलाई आग्रह गरेको छ ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै आफ्नो चौथौ वार्षिक साधारण सभाबाट पारित भएको १७ प्रतिशत बोनस शेयर वितरणका लागि शेयरधनीहरुलाई कर जम्मा गर्न आग्रह गरेको हो ।

कम्पनीको पुष १९ गते सम्पन्न चौथौ वार्षिक साधारण सभाबाट आव २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १७ प्रतिशत बोनस शेययर वितरण गर्ने प्रस्ताव पारित भएको थियो । कम्पनीे आयकर ऐन २०६३ को दफा ४७ ‘क’ व्यवस्था बमोजिम कर लाग्ने र सो कर वापतको रकम शेयरधनी स्वयंले नै तिर्नुपर्ने भएकाले बोनस शेयरमा लाग्ने कर जम्मा गर्न अनुरोध गरेको हो ।

शेयरधनीहरुले एनएमबि बैंक लिमिटेडको शाखा कार्यालय भैरहवामा रहेको खाता नं. ०७८००६६१२८३०००१२ मा खातावालाको नाम ‘मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड’मा कर वापतको रकम जम्मा गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*