पूँजी बृद्धि र लाभांश प्रस्ताव सहित आइएमई जनरल इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

१७ चैत्र २०७८, बिहीबार ११:२२

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा २०७९ साल वैशाख ९ गते बस्नेगरी डाकेको हो ।

कम्पनीको चैत १६ गते बसेको संचालक समितिको बैठकले सभा वैशाख ९ गते लैनचौर बैंङक्वेट्स, लैनचौर काठमाडौंमा बिहान १० बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापूँजीबाट प्रस्ताव गरेको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि छुट्याइएको ४२ लाख ६४ हजार ७९० रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।

साथै उक्त सभाले कम्पनीको अधिकृत पूँजी बृद्धिगरी २ अर्ब ५० करोड रुपैयाँ पु¥याउने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित समेत गर्नेछ ।

आव २०७७।०७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु पारित गर्ने सभाको एजेण्डा रहेको छ । त्यस्तै, आव २०७८।०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक समेत निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ र लाभांश वितरणका लागि साधारण सभा प्रयोजनार्थ (बुकक्लोज) चैत २५ गतेदेखि वैशाख ९ गतेसम्म तोकेको छ । यसअनुसार चैत २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुमात्र उक्त सभामा उपस्थित हुन र सो शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*