नारायणी डेभलपमेन्ट बैंकको अवतरित हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवतरित हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत १० गतेदेखि संस्थापक र सर्वसाधारण समूहतर्फको अवतरित हकप्रद शेयर लिलाम बढाबढ मार्फत् बिक्री ल्याएको हो ।
नारायणी डेभलपमेन्ट बैंकले पुष ९ गतेदेखि माघ १२ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक समूहतर्फ १ लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहतर्फ १३ हजार ६५१ कित्ता शेयर गरी कुल १ लाख ४५ हजार ६४९ कित्ता शेयरको लागि आवेदन नपरेकाले उक्त शेयरका लागि लिलाम बढाबढ मार्फत् गोप्य शिलबन्दी बोलपत्र पेश आह्वान गरेको हो ।
इच्छुक लगानीकर्ताले आजसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । उक्त बोलपत्र कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल काठमाडौंका साथै ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरु विर्तामोड, विराटनगर, जनकपुर, आदर्शनगर विरगंज, हेटौंडा, नारायणगढ, न्यूरोड, पोखरा, बुटवल मिलनचोक, बाग्लुङ, नेपालगंज त्रिभुवन चोक, सुर्खेत, घोराही दाङ, धनगढी र महेन्द्रनगरबाट बोलपत्र पेश गर्न सक्नेछन् ।