चार कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । साताको चौथो दिन नेप्सेमा हरियाली छाएको छ । मंगलबार १४ अकंले घटेको नेप्से आज भने ४०.६८ अकंले बढेको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३२ कम्पनीको ४५ लाख २ हजार ५११ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँको कारोबार भएको छ ।
बुधबार नेप्सेमा हरियाली छाउदा कारोकार भने खुम्चिएको छ । कारोबार २ अर्बमा सिमित हुदाँ आज ४ कम्पनीको शेयरमा सर्किट लागेको छ । आज इमर्जिङ नेपाल, राष्ट्र उत्था लघुवित्त, नेष्डो समृद्धि लघुवित्त र समलिङ पावरको शेयरमा सर्किट लागेको हो ।
त्यस्तै, यूनाइटेड इदी मार्दी आरबि हाइड्रोपावरको ६.४९ प्रतिशत, तेह्रथुम पावरको ६.४४ प्रतिशत, सिन्ध विकास बैंकको ६.३८ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंकको ६.१७ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकको ६.०७ प्रतिशतले बढेको हो ।