शेयरबजारमा हरियाली : ४० अंकले नेप्से बढ्दा २ अर्बमाथि कारोबार, बीमा समूह चम्कियो
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा हरियाली छाएको छ । यस साता लगातार गिरावट आएको पूँजीबजारमा आज हरियाली छाएको हो ।
आज नेप्से परिसूचक ४०.६८ अंकले बढेर २५६८.२५ विन्दुमा पुगेको छ । नेप्से परिसूचक आज लामो समय अन्तरालपछि १.६१ प्रतिशतले बढ्न पुगेको हो ।
नेप्सेमा सूचीकृत २३२ कम्पनीको ४५ लाख २ हजार ५११ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँको कारोबार भएको छ । शेयरबजारमा ४० अंकको बढोत्तरी हुँदापनि कारोबार भने खासै उत्सासजनक देखिएको छैन ।
नेप्सेमा रहेका १३ उपसूचकमा नै आज हरियाली छाएको छ । सर्वाधिक जीवन बीमा समूहको २११.४ रुपैयाँले बृद्धि भएको छ भने निर्जीबन बीमा समूहको १९१.२ रुपैयाँले बढ्न पुगेको छ । अघिल्ला दिनहरुमा बीमा समूहमा उच्च गिरावट आएपनि आज एकाएक बढ्न पुगेको हो ।
बीमा समितिले पूँजी बढाउने निर्णय गरेसँगै लगानीकर्ताहरुले धमाधम बीमा कम्पनीको शेयर खरिद गर्न लागेको देखिएको छ ।