नेपाल राष्ट्र बैंकले लम्ब्यायो आरटीजीएस प्रणाली सूचारु समय सीमा
१६ चैत्र २०७८, बुधबार १५:२६
काठमाडौं । नेपाल राष्ट्र बैंकले संचालनमा रहेको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली मार्फत् सर्वसाधारणले कारोबार गर्न सक्ने समयसीमा बढाएको छ ।
नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै २०७९ साल वैशाख २ गतेदेखि लागू हुनेगरी आरटीजीएस प्रणालीको समयसीमा लम्ब्याएको हो ।
सो अनुसार अब आइतबारदेखि बिहिबारसम्मका लागि माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म आरटीजीएस प्रणाली सूचारु हुनेछ । साथै हरेक शुक्रबार बिहान ९ बजेदेखि दिउँसो १ः३० बजेसम्म आरटीजीएस प्रणाली सूचारु रहनेछ ।