भारतमा एक महिलाले जन्माइन् दुईवटा टाउको र तीन हात भएको बच्चा

१६ चैत्र २०७८, बुधबार १४:४९

काठमाडौं । भारतको मध्य प्रदेश राज्यको रतलाम जिल्लामा एक महिलाले दुईवटा टाउको र तीन हात भएको बच्चा जन्माएकी छिन् । यस्तो खालको बच्चा जन्मिएपछि उनको परिवार स्तब्ध बनेको छ ।

उक्त जन्मिएको बच्चाको तेस्रो हात पछाडितिर दुई अनुहारको बीचमा रहेको रतलामस्थित आमा तथा प्रसूति शिशु स्वास्थ्य अस्पतालका बालरोग विशेषज्ञ तथा नवजात रोग विशेषज्ञ डा. नादेव कुरेशीले बताए ।

‘सोनोग्राफी रिपोर्टले सोमबार सिजेरियनमार्फत बच्चा जन्मिनुभन्दा अघि जुम्ल्यााहा सन्तान हुने देखाएको थियो ।’ उनले भने, ‘दुई टाउको र तीन हात भएको नवजात शिशुलाई देखेर हामी सबै छक्क पर्यौं ।’

नवजात शिशुको अवस्था नाजुक भएकाले उनीहरुले उच्च हेरचाह र चिकित्सकीय सुपरिवेक्षणका लागि एमवाई नामक अस्पतालमा बच्चालाई सारेका छन् ।

मध्य प्रदेशको जावरा शहरकी शाहीनको रुपमा चिनिने महिलाले नवजात शिशु जन्माएपछि रतलामको अस्पतालमा शल्यक्रियामार्फत् उपचार भई उनी निको भइरहेकी छिन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*