उपकार लघुवित्तको आईपिओ चैत्र २५ गतेदेखि खुल्ला, कति कित्ता दिने आवेदन ?

१६ चैत्र २०७८, बुधबार ०९:०४

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले यही चैत २५ गतेबाट सबै सर्वसाधारणले आवेदन भर्न पाउने गरी आईपिओ जारी गर्ने निर्णय गरेको छ । आज प्रकाशित सूचना अनुसार कम्पनीको आईपिओमा यही चैत्र २५ गतेदेखि चैत २९ गतेसम्म आवेदन दिन सकिन्छ ।

उपकार लघुवित्त कम्पनीले प्रति सेयर १०० रुपैयाँ दरका दुई लाख ३६ हजार २५० कित्ता सेयर निष्काशन गर्न लागेको जनाएको छ । कम्पनीको जारी पुँजि ६ करोड ५६ लाख २५ हजार रुपैयाँ छ । यसको ३६ प्रतिशत दुई करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्न खुल्ला गरिएको हो ।

कम्पनीले निष्काशन गर्न लागेको सेयरमध्ये ३२८१ कित्ता कर्मचारी र पाँच प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई वितरण गरिनेछ । सो शेयर छुट्टाएर बाँकी हुन आएको २ लाख २१ हजार १५६ कित्ता सेयर सर्वसाधारणलाई वितरण गरिनेछ ।

कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिन्छ । आईपिओ बाँडफाँड गोलाप्रथाको माध्यमबाट हुने भएकोले न्यूनतम् १० कित्तामा आवेदन दिनु सबैभन्दा उत्तम हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*