जन्म दिनको अवसरमा श्रीमानलाई आइएमई लाइफको बीमा पोलिसी उपहार

१५ चैत्र २०७८, मंगलवार १९:१०

काठमाडौं । जन्मदिनको अवसरमा आफना आफन्तजन एवं परिवारलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य उपहारका सामान भन्दो भावी जोखिमको सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ।

यसैक्रमममा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखाले एक कार्यक्रमका बीच बीमा पोलिसी उपहार प्रदान गर्दै जन्मदिन मनाएको छ । कम्पनीका एजेन्सी म्यानेजर दिनेश मुराउलाई जन्म दिनको अवसर पारी उनकी श्रीमति सादिका मुराउले १५ वर्षे धन सरिता जीवन बीमा योजना उपहार दिएकी हुन् ।

सो अवसरमा साधिकाले अहिले समय महंगी बढी रहेको कुनैपनि कार्य गर्दा तडक भडक भन्दा आवश्यकताको उपलब्धि मुुलक कार्य गर्नुेपर्ने भन्दै भावि जीवनको सुरक्षणको लागि जीवन बीमा योजना बीमा पोलिसी दिएकि कार्यक्रममा बताईन् ।

विभिन्न पर्व उत्सव तथा जन्म दिनमा हुने अनावश्यक खर्च कटौती गरी भविष्यमा हुने जोखिम सुरक्षण हुने भएकोले श्रीमान्लाई बीमा योजना दिएको कार्यक्रममा व्यक्त गरिन् ।

सो कार्यक्रममा भैरहवा शाखा प्रमुख गोवर्धन पाण्डे भैरहवा क्षेत्रका कर्मचारी, एजेन्सी लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*