भारूसँगकाे स्थीर विनिमयदरबारे संशाेधन गर्न विज्ञकाे सुझाव

१५ चैत्र २०७८, मंगलवार १६:५१

काठमाडाैं । नेपालमा बढ्दाे आर्थिक संकटबाट समाधानकाे लागि भारूसँगकाे स्थीर विनिमयदर संशाेधन गर्नुपर्ने सुझाव दिएका छन् ।

नेपाल आर्थिक संघ र सिविफिनले संयुक्त रूपमा आयाेजित कार्यक्रममा अर्थविद केशव आचार्यले भने, ३१ वर्षअघि भारतमा गम्भिर आर्थिक संकटमा रहेकाे अवस्थामा निर्धारण गरिएकाे स्थीर विनिमय दर अहिले पनि कायम छ, अब त्यसकाे सममीक्षा हुनुपर्दछ ।

अर्थविद आचार्यले अर्थमन्त्रीले हिम्मत गर्नुपर्दछ, स्पेशल टास्कफाेर्स गठन गरेर विनिमयदरबारे विस्तृत प्रतिवेदन बनाउन सुझाव दिएका छन् ।

भारूसँग नेपाली रूपैयाँ १:१.६० स्थीर विनिमय दर रहेकाे छ।कार्यक्रममा अर्थविद् विश्वम्भर प्याकुरेलले नेपाली बैकमा खाता खाेलेर पैसा राख्नै कठिन रहेकाे बताए । उनले बैकमा खाता खाेल्न जाँदा अनावश्यक झन्झट व्यहाेर्नुपर्ने अवस्था रहेकाे धारणा राखे ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*