एनआईबिएल समृद्धि फण्डसहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

१५ चैत्र २०७८, मंगलवार १५:२१

काठमाडौं । मंगलबार नेप्से ओरोला लागेको छ । अघिल्लो दिन २९ अकंले घटेको नेप्से आज समेत १४.२६ अकंले घटेको हो ।

मंगलबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३८ लाख ९० हजार १३१ कित्ता शेयर किनबेच भएको छ । नेप्से घट्दा कारोबार समेत १ अर्ब ७५ करोड ६ लाख २८ हजार १९९ रुपैयाँमा खुम्चिएको छ ।

नेप्से घटेर कारोबार समेत खुम्चिदा एनआईबिएल समृद्धि फण्डले सर्वाधिक गुमाएको छ । कम्पनीको शेयर आज ४.७३ प्रतिशतले घटेको हो ।

त्यस्तै, र्मिमिरे माइक्रोफाइनान्सको ३.६८ प्रतिशत, नेपाल लाईफ इन्स्योरेन्सको ३.६७ प्रतिशत, जीवन विकास लघुवित्तको ३.६५ प्रतिशत, आशा लघुवित्तको ३.५५ प्रतिशत र शिव् श्री हाइड्रोपावरको ३.४३ प्रतिशतले घटेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*