दोहोरो अंकले घट्यो शेयरबजार, जीवन बीमा समूहको सर्वाधिक घट्दा एक अर्बमा खुम्चियो कारोबार

१५ चैत्र २०७८, मंगलवार १५:०७

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । अघिल्लो दिन २९ अंकले घटेको शेयरबजार आज १४.२६ अंकले घटेर २५२७.५८ विन्दुमा पुगेको छ ।

नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३८ लाख ९० हजार १३१ कित्ता शेयर किनबेच हुँद १ अर्ब ७५ करोड ६ लाख २८ हजार १९९ रुपैयाँको कारोबार भएको छ ।

पछिल्लो केही समययता नेप्समा लगातार गिरावट आइरहेको छ । बीमा कम्पनीहरुको चुक्तापूँजी र बैंक तथा वित्तीय संस्थाको चुक्तापूँजी बृद्धि गर्ने निर्णय भएपनि शेयरबजारमा खासै बृद्धि हुन सकेको छैन ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज होटल तथा पर्यटन समूहको २५.५२ रुपैयाँले बृद्धि भएर हरियाली छाएको छ । त्यस्तै, सर्वाधिक आज जीवन बीमा कम्पनीको २१९ रुपैयाँ ६३ पैसाले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*