‘खल्ती’ बन्यो डान्सिङ स्टार्स नेपालको एक मात्र भोटिङ पार्टनर

१५ चैत्र २०७८, मंगलवार ११:१०

काठमाडौं । खल्ती डिजिटल वालेटलले डान्सिङ रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’ को एकमात्र भोटिङ पार्टनरको रुपमा साझेदारी गरेको छ । १२ जना अनुभवी कोरियोग्राफरहरूको साथमा विभिन्न क्षेत्रका १२ सेलिब्रेटी प्रतियोगीहरू रहेको उक्त शो को भोटिङ पार्टनरको रुपमा नेपाल को प्रचलित भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले साझेदारी गरेको हो ।

यो प्रतियोगिता १२ चैत देखि हिमालय टिभी एचडीमा हरेक शनिबार राति ८ः०० बजेबाट रूपमा प्रसारण भएको छ । यसमा नेपाली चलचित्र क्षेत्रका प्रख्यात कलाकार दिलीप रायमाझी, रेनिशा राई र गौरी मल्ल जजहरु को रुपमा रहेका छन् । भोटिङ लाइन आगामी शुक्रबार अर्थात चैत १८ गतेबाट सुरु हुनेछ ।

यो साझेदारीबारे प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “लाखौं नेपालीहरूमा लुकेको प्रतिभा देखाउनेको साथै मनोरञ्जन प्रदान गर्ने प्लेटफर्मको रूपमा काम गर्ने यस प्रकारका रियालिटी शोहरूसँग साझेदारी गर्न पाउँदा हामी उत्साहित छौं । साथै खल्ती प्रयोगकर्ताहरूले आफ्नो मनपर्ने प्रतियोगीलाई साथ दिनभोटिङ सेवा प्रदान गर्न पाउँदा खुसी महशुस गरेका छौं” ।

यस भोटिंग सुविधाको साथ–साथै, ‘खल्ती’ले निःशुल्क बैंक ट्रान्सफर, बैंक लिङ्क, स्क्यान र पे अफरहरू जस्ता विभिन्न अफर र क्याम्पेनहरू निरन्तर ल्याइरहेको छ ।

‘खल्ती’ नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित भएको छ। २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६००००+ सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*