सबैको लघुवित्तद्धारा ३१ प्रतिशत बोनस शेयर हितग्राही खातामा

१५ चैत्र २०७८, मंगलवार १०:५०

काठमाडौं । सबैंको लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा बोनस शेयर जम्मा भएको छ । कम्पनीको पुस ३ गते समपन्न पाँचौ वार्षिक साधारण सभाबाट पारित गरेको ३१ दशमलव शून्य ५ प्रतिशत शेयर सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा जम्मा सुरु गरेका हो ।

उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात सम्बन्धित शेयरधनीहरुको खातामा जम्मा गर्ने थालेको हो । कम्पनीले चैत १३ गते ३१ दशमलव शून्य ५ प्रतिशत बोनस शेयर बापतको ६ लाख ३९ हजार ७२७ दशमलव ५० कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको थियो ।
मंसिर १६ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हकमा बोनस शेयर जम्मा गरिसकेको र त्यसपश्चात अभौतिकीकरण गराएकाको हकमा क्रमशः जम्मा गर्दै जाने कम्पनीले बताएको छ ।

साथै हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई यथाशिघ्र गराई आफ्नो लाभांश प्राप्त गर्न कम्पनीले अनुरोध गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*