नयाँ स्वादसहित फ्यान्टा एप्पल नेपाली बजारमा

१५ चैत्र २०७८, मंगलवार १०:४३

काठमाडौँ । कोका–कोला नेपालले आफ्नो पेय पदार्थको सूचीमा सबै भन्दा नयाँँ उत्पादन फ्यान्टा एप्पललाई नेपाली बजारमा ल्याएको छ ।

अब नेपाली उपभोक्ताहरुले यो क्रिस्प स्पार्क्लिङ पेय पदार्थको साथमा हरेक पल रिफ्रेश अनुभव गर्न सक्नेछन् । नयाँँ स्वाद सँगै फ्यान्टाले नयाँँ डिजिटल भिडियो पनि सार्वजनिक गरेको छ जसले उपभोक्ताहरुको जीवनमा रमाइलो र उत्साह थप्ने कम्पनीको उद्धेश्यलाई प्रतिविम्बित गरेको छ । यो भिडियो फ्यान्टाको विस्तृत मार्केटिङ अभियानको एक हिस्सा हो जसमा डिजिटल भिडियोहरू, प्रिन्ट विज्ञापनहरू र आउट अफ होम आदि समावेश छन् ।

लन्चको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने “फ्यान्टा त्यस्तो मानिसहरुको लागि हो जसलाई रमाइलो गर्न मन पर्छ । यो नयाँँ फ्यान्टा एप्पलले दैनिकको जीवनमा थोरै भए पनि ताजगी र स्फुर्ती ल्याउन सहयोग गर्छ । नेपाली उपभोक्ताहरुले यसलाई मन पराइदिनुहुनेछ भन्ने कुरामा हामी उत्साहि छौँ ।”

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने “हामी उपभोक्ताहरूको बद्लिँदो स्वाद र रोजाइ अनुसार वहाँँहरूलाई रिफ्रेश रहिरहनको लागि थप विकल्पहरू दिन सँधै प्रयासरत छौँ । हाम्रा खुद्रा विक्रेताहरू पनि फ्यान्टा एप्पललाई उपभोक्ताहरु माझ पु¥याउन निकै उत्साहित हुनुहुन्छ ।”

यो सँगै नेपालमा अब फ्यान्टाको अरेन्ज र एप्पल गरी २ वटा फ्लेभर उप्लब्ध हुनेछ । फ्यान्टा एप्पल २५० एमएल र ५०० एमएलको प्याकमा नेपालभर उपलब्ध छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*