बीमा क्षेत्र विस्तार त भयो, ग्रामिण क्षेत्रमा पुग्न किन सकेन ? ठोस सुझाव चाहियो: अर्थ मन्त्री शर्मा

१४ चैत्र २०७८, सोमबार २२:००

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा क्षेत्रमा नेपालमा धेरै ठूला प्रगति गरेपनि गाउँ गाउँका जनताले सरल रुपमा बीमा सेवा पाउन नसकेको कारणबारे सुझाव दिन अर्थमन्त्री जनार्दन शर्माले आह्वान गरेका छन् ।

आज अर्थमन्त्रालयमा आगामी आवको नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा विभिन्न बैंक, वित्तिय संस्था र बीमा क्षेत्रमा प्रतिनिधि तथा सरोकारवालासँग भएको छलफलमा धारणा राख्दै मन्त्री शर्माले बीमा सेवा ग्रामिण क्षेत्रमा पुर्याउन सरकारले के गर्नुपर्ने हो ? सुझा पेश गर्न आह्वान गरेका छन् ।

मन्त्री शर्माले भने, ‘बीमा सेवा ग्रामिण क्षेत्र लगायतका धेरै ठूलो जनसंख्या समक्ष पुग्न सकेको छैन । त्यो पुग्नको लागि सरकारको के नीति चाहियो ?’ मन्त्री शर्माले बीमाको नयाँ पोलिसी के हो ? भनेर सोधेका छन् । उनले बीमा समितिलाई धेरैभन्दा धेरै जनताको बीचमा बीमा पुर्याउने वस्तुवादी सुझाव प्रस्तुत गर्न आह्वान गरेका छन् । मन्त्री शर्माले यस वर्ष ठूलो मात्रामा धान नष्ट भएको तर बीमा नभएकोले सरकारले करोडौं रुपैयाँ राहत दिनु परेको गुनासो गरेका छन् । मन्त्री शर्माले बीमालाई आम जनताले सहजै बुझ्ने र प्रविधिमैत्री बनाएर जानु पर्ने बताएका छन् ।

मन्त्री शर्माले लघुवित्तबाट प्रवाह हुने ऋण किसानको हातैमा ऋण पाउने अवस्था हुनु पर्ने बताउँदै लघु वित्तको नाममा महंगो ऋण हुनु नहुने स्पष्ट पारेका छन् । मन्त्री शर्माले पुजि बजारमा लगानीको लिङ्क गर्नुपर्ने सुझाव अघि सार्दै त्यसको लागि सरकारले ठोस सुझाव प्रस्तुत गर्न भनेका छन् । मन्त्री शर्माले बैंकहरुसँग पनि यथार्थपरक लिखित सुझाव मागेका छन् । ‘व्यवसाय र बैकिङ क्षेत्र मिसमास किन हुन्छ ? यसको नियमन गर्नु पर्छ कि पर्दैन । स्थीरताका लागि कस्तो नीति बनाउने ? मूर्त सुझाव चाहियो ।’

अर्थमन्त्री शर्मा केही दिनदेखि लगातार छलफल र अन्तरक्रियामा व्यस्त रहेका छन् । आर्थिक क्षेत्रका समस्याको समाधान गर्न आगामी आर्थिक वर्षमा सरकारले अवलम्वन गर्नुपर्ने नीतिका सम्बन्धमा सबैलाई सुझाव दिन आह्वान गर्दै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*