निजामती सेवाका सबै तहका कर्मचारीले १० लाखको बीमा सुविधा पाउने

१४ चैत्र २०७८, सोमबार १६:३९

काठमाडौं । सरकारले निजामती सेवाका सबै तहका कर्मचारीहरुको सामूहिक बीमा गराएको छ ।सरकारले पाँच महिना १५ दिनका लागि १० लाखको सामूहिक बीमा गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चालू आर्थिक वर्ष २०७८र०७९ को वार्षिक कार्यक्रम अनुसार संघीय निजामती कर्मचारीको सामूहिक दुर्घटना बीमा गर्ने कार्यक्रम अनुसार मन्त्रालयले चैत ६ गतेदेखि आगामी आर्थिक वर्ष २०७९ को भदौ २० गते सम्मका लागि १० लाखको सामूहिक बीमा गरिएको हो ।

मन्त्रालयले राष्ट्रिय बीमा कम्पनी लिमिटेड काठमाडौँसँग सम्झौता गरेर संघीय निजामती सेवाका सबै स्थायी कर्मचारीको सामूहिक दुर्घटना बीमा गरेको जानकारी सबै निकायमार्फत कर्मचारीलाई जानकारी गराइएको मन्त्रालयको कर्मचारी कल्याण शाखा प्रमुखले जनाएको छ ।

बीमाले समेट्ने प्रमुख विषय तथा सुविधा, घटनाको जानकारी, दाबी प्रक्रिया, आवश्यक पर्ने कागजात र अन्य विषयमा सम्बन्धमा मन्त्रालयको वेबसाइट तथा राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा जानकारी लिन सकिने छ ।

आर्थिक वर्ष २०७८र०७९ को आयव्ययको सार्वजनिक जानकारी वक्तव्यको बुँदा नम्बर ४ सय नौ मा निजामती कर्मचारीको १० लाखको सामूहिक दुर्घटना बीमा गर्ने विषय उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*