जीवन विकास लघुवित्तमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन शेयरबजार २९ अंकले घटेको छ । अघिल्लो दिन ४१ अंकले घट्दा शेयरबजारमा करिब ५ अर्बको कारोबार भएको थियो भने आज नेप्से परिसूचक २९ अंकले घट्दा २ अर्बमाथिको मात्रै कारोबार हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २३१ कम्पनीको ४९ लाख ५८ करोड ९१४ कित्ता शेयर किनबेच हुँदा आज २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१३ रुपैयाँको कारोबार भएको छ ।
नेप्से घटेसँगै कारोबार रकम समेत खुम्चिन पुगेको छ । धितोपत्र दोस्रो बजारमा लगानीकर्ताहरुको संख्या दिनहँु बढ्दै गई १२ लाख भन्दा धेरै पुगेपनि एक्चुअलमा कारोबार गर्ने न्युन रहेको देखिएको छ ।
केही महिनाअघि १० अर्बभन्दा माथिको कारोबार हुने शेयरबजारमा पछिल्लो केही समययता २।३ अर्बमा कारोबार सीमित हुन पुगेको छ ।
सो रकम बरारबको कारोबार हुँदा आज सर्वाधिक जीवन विकास लघुवित्तको भएको छ । संस्थाको आज एकैदिन २२ करोड २४ लाख ७० हजार ३६७ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, अपि पावर कम्पनीको ९ करोड ३० लाख, हिमालयन डिस्टिलरीको ६ करोड ८ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ७७ लाख र लाइफ इन्स्योरेन्स कर्पोरेशनको ५ करोड ६५ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।