दुई कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
१४ चैत्र २०७८, सोमबार १५:११
काठमाडौं । साताको दोस्रो दिन नेप्से राताम्य भएको छ । हिजो ४१ अकंले घटेको नेप्से आज भने २९.९८ अकंले घटेको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २३१ कम्पनीको ४९ लाख ५८ हजार ९१४ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१३ रुपैयाँको कारोबार भएको हो ।
सोमबार नेप्सेमा रातामय छाएर कारोबार समेत साढे २ अर्बमा सिमित हुदाँ दुई कम्पनीको शेयरमा भने सर्किट लागेको छ । आज राष्ट्र उत्थान लघुवित्त र इमर्जिङख नेपालको शेयरमा सर्किट लागेको हो ।
त्यस्तै, नेष्डो समृद्धि लघुवित्तको ६.१० प्रतिशत, न्यादी गु्रप पावरको २.२९ प्रतिशत, आरबिबि म्युचुअल फण्डको २.१६ प्रतिशत, जीवन विकास लघुवित्तको २.०६ प्रतिशत र तारागाँउ रेजेन्सी होटलको २ प्रतिशतले बढेको हो ।