नेप्से २९ अंकले घट्दा २ अर्बमा खुम्चियो कारोबार, १३ उपसूचक नै राताम्य

१४ चैत्र २०७८, सोमबार १५:०९

काठमाडौं । साताको दोस्रो दिन शेयरबजार राताम्य भएको छ । अघिल्लो दिन ४१ अंकको गिरावट आएको नेप्से परिसूचक २९.९८ अंकले घटेर २५४२.२८ विन्दुमा पुगेको छ ।

नेप्सेमा सूचीकृत २३१ कम्पनीको ४९ लाख ५८ करोड ९१४ कित्ता शेयर किनबेच हुँदा आज २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८१३ रुपैयाँको कारोबार भएको छ ।

पछिल्लो समय राष्ट्र बैंकले वाणिज्य बैंकहरुको चुक्तापूँजी १० अर्ब र जीवन बीमा कम्पनीहरुको पूँजी ५ अर्ब पुर्याउँदा पनि शेयरबजारमा खासै बृद्धि हुन सकेको छैन । कम्पनीहरुको चुक्तापूँजी बृद्धि हुन पुग्दा पनि लगानीकर्ताहरुले शेयर किनबेच गरेको देखिएको छैन ।

आज नेप्सेमा रहेका १३ उपसूचक नै राताम्य भएका छन् । सर्वाधिक जीवन बीमा र निर्जीबन बीमा समूहको उच्च घटेको छ । जीवन बीमा समूहको ३४२ रुपैयाँ र निर्जीबन बीमा समूहको २५२ रुपैयाँले घट्न पुगेको छ । बीम कम्पनीको चुक्तापूँजी बृद्धिको कुराले अघिल्लो दिन बीमा कम्पनीहरुको शेयरमूल्य बढेपनि आज ह्वात्तै घट्न पुगेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*