महालक्ष्मी लाइर्फको वार्षिक क्यालेन्डर सार्वजनिक

१४ चैत्र २०७८, सोमबार १४:२९

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले २०७९ सालकोे क्यालेन्डर सार्वजनिक गरेको छ । सोमबार आयोजित एक संक्षिप्त कार्यक्रमकाबीच कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको क्यालेन्डरमा प्राकृतिक पर्यटनलाई सघाउ पुग्ने गरी नेपालको दुर्गम हिमाली क्षेत्रमा रहेको तालहरु समावेश गरिएको छ । उक्त कार्यक्रममा संचालकहरु उमेशलाल श्रेष्ठ र सुरेश सापकोटाको सहभागिता रहेको थियो । कारोबार संचालन भएको ३ तिन वर्ष पुगेको कम्पनीको हाल ६५ वटा शाखा÷उपशाखा संचालनमा रहेको छ भने तिन वर्षको अवधिमा कम्पनीले ३ अर्ब भन्दा बढी प्रिमियम संकलन गरिसकेको छ ।

साथै आउने असाढ भित्र चुक्ता पूँजी ३० प्रतिशत बराबरको शेयर सर्वसाधारणलाई बिक्री गर्ने गरी तयारी गरिरहेको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*