नेपाली सेनामा रोजगारीको अवसर (सूचना सहित)

१४ चैत्र २०७८, सोमबार १३:३९

काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि भर्ना खुला गरेको छ । सेनाले लेखा उप सेनानी, प्राडा उप सेनानी, पाइलट उप सेनानी तथा विभिन्न टेडका प्राविधिक अधिकृत पदहरुको लागि दरखास्त आव्हान गरेको हो ।

सेनाले उप– सेनानी एमबीबीएस डाक्टरतर्फ ५० जना, लेखा उपसेनानीतर्फ ४० जाना, सैनिक उपचारिका उप– सेनानीतर्फ १८ जना, कम्प्युटर प्राविधिक उप– सेनानी १६ जना साथै अन्य २५ ओटा पदका लागि १९४ जना प्राविधिक अधिकृत माग गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले नेपाली सेनाको आधिकारिक वेब साइट  https://www.nepalarmy.mil.np/ भित्र JOIN THE ARMY को Recruitment and Selection बाट online  दरखास्त फाराम भरी सो को प्रिन्ट आउट सहित स्वयम् उपस्थित भई रु.१०।– को टिकट टाँसी दरखास्त पेस गर्न सक्नेछन् । इच्छुकहरूले २०७९ वैशाख १३ गतेसम्म र दोब्बर दस्तुर सहित थप दिन ७ सम्म कार्यालय समय भित्र दर्ता गर्न सक्नेछन् । नारायणहिटी स्थित श्री नेपाल क्याभलरी उत्तर तर्फको खेल मैदानमा दरखास्त फाराम पेस गर्नुपर्ने सेनाले जनाएको छ ।

दरखास्त फाराम बुझाउँदा सबै पदका लागि एक हजार रुपैयाँ नेपाल बैङ लिमिटेडको खाता नम्बर ००१०१००००००००१००१००१ कार्यालय कोड ३४५०१३५१३ र राजश्व शीर्षक नं.१४२२४ मा जम्मा गरेर सो को सक्कल भौचर तथा प्रतिलिपि प्रति १/१ दरखास्त फाराम साथ पेस गर्नु पर्ने जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*