चीनको सांघाईमा आजदेखि लकडाउन सुरु

१४ चैत्र २०७८, सोमबार १३:२३

काठमाडौं । चीनको आर्थिक राजधानी सांघाई शहरमा लकडाउन गर्ने घोषणा गरिएको छ ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार पछिल्लो समय चीनमा कारोना भाइरसको संक्रमण बढ्न थालेपछि चीनियाँ अधिकारीहरुले सोमबार बिहानदेखि लागू हुनेगरी लकडाउन घोषणा गरेको हो ।

सो शहरमा दुई चरणमा लकडाउन हुनेछ । सांघाईको पूर्वी क्षेत्रमा सोमबारदेखि अप्रिल १ सम्मम र पश्चिमी क्षेत्रमा अप्रिल १ गतेदेखि ५ गतेसम्म लकडाउन गरिने जनाएको छ ।

चीनमा पछिल्लोसमय कोभिड–१९ को संक्रमण दर ह्वात्तै बढ्न थालेको छ । आइतबार चीनभरी ४ हजार ५ सय भन्दा बढी संक्रमितहरु थपिएका छन् । संक्रमितको संख्या बढ्न थालेपछि चीनले लकडाउनको घोषणा गरेको हो ।

लकडाउनपश्चात् सांघाईमा भएका उद्योग धन्दा र व्यपार व्यवसाय बन्द भएपछि चीनमा इन्धनको माग घट्ने अनुमान गरिएको छ । यसबा बावजुत चीनमा इन्धनको माग घट्ने अनुमानले सोमबार तेलको भाउमा ३ प्रतिशतसम्म गिरावट आएको समाचार रोयटर्सले उल्लेख गरेको छ ।

यसका साथै नेपालमा समेत चीनको सांघाई शहरको लकडाउनले प्रभाव पार्ने अनुमान गरिएको छ । नेपालबाट विभिन्न वस्तुहरु चीनबाट आयात हुने भएको कारण नेपालमा विभिन्न खाद्यान्न सामाग्री लगायत अन्य वस्तुहरुको अभाव हुन सक्ने अनुमान गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*