सुन तोलामा चार सय रुपैयाँले घट्यो, कतिमा हुदैछ कारोबार ?

१४ चैत्र २०७८, सोमबार ११:५०

काठमाडौं । नेपाल बजारमा आज सुनको मूल्य घटेको छ । हिजो स्थिर रहेको सुन आज भने तोलामा ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, आइतबार प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*