विन नेपाल लघुवित्तद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?
१४ चैत्र २०७८, सोमबार १०:४१
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ११ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
चैत १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको हाल कायम चुक्तापूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।