एलआईसी नेपालको इटहरी शाखाद्वारा १ करोड ६ लाख रुपैयाँ बीमा दाबी रकम भुक्तानी

१३ चैत्र २०७८, आईतवार १७:५४

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको इटहरी शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

इटहरी शाखाका प्रबन्धक गुन्जेशप्रसाद ठाकुरले चैत १२ गते शनिवार इटहरी–५, पचरुखी निवासी बीमितकी श्रीमति हेमा चौहानलाई घरमै पुगी चेक हस्तान्तरण गरेका हो ।

शाखा प्रबन्धक ठाकुरका अनुसार बीमित अम्बर बहादुर राउतले प्रथम बीमा शुल्क ५ लाख ३८ हजार तिरेर २०७७ साल असोज ११ गते १ करोडको २० वर्षे बीमा गरेका थिए । बराह हार्डवेयरका सञ्चालक स्व. अम्बर बहादुर राउतको २०७८ साल असार १८ गते कोरोनाका कारण मृत्यु भएको थियो ।

बीमित स्वर्गीय अम्बरबहादुर राउतको श्रीमती चौहानलाई मृत्यु दाबी बापत एक करोड ६ लाख ७० हजारको चेक हस्तान्तरण गरेको हो ।
बीमितकी पत्नी हेमा चौहानले आफूलाई जानकारी नदिइ श्रीमानले गरेको बीमा रकम प्राप्त गरेको बताइन् । श्रीमान्को मृत्युपश्चात व्यापार गर्न निकै गाह्रो भएको अवस्थामा बीमाको दाबी बापत प्राप्त रकमले श्रीमानले स्थापीत गरेको व्यापारमा ठूलो सहयोग भएको र सन्तानको भविष्य निर्माणका लागि खर्च गर्ने बताइन् ।

बीमित जीबितै रहँदा पाउने रकमले आर्थिक रुपले समृद्ध बनाउने बताउँदै शाखा प्रबन्धक ठाकुरले बीमितको मृत्यु भएमा आश्रितलाई आर्थिक सुरक्षा प्रदान हुने भएकाले जीवन बीमा गर्न आग्रह गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*