आइएमई लाइफको भैरहवा शाखाद्धारा मृत्यु दाबी रकम भुक्तानी

१३ चैत्र २०७८, आईतवार १६:१३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी भैरहवा शाखाले मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले मृत्यु दाबी बापतको २० लाख ८० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

रुपेन्दही जिल्ला कोटहीमाई ६ निवासी बसन्ती देवीले कम्पनीमा धन सरिता जीवन बीमा गराएकी थिइन । बसन्तीको केही समय अगाडि कोरोनाको कारण मृत्यु भएको भएको थिए । उक्त चेक एरिया ब्रान्च म्यानेजर केशव राज गौतमले मृतकका श्रीमानलाई हस्तान्तरण गरेका हुन ।

कम्पनीको एरिया ब्रान्च म्यानेजर गौतमले बीमा अहिलेको समयमा अत्यावश्यक भएको र परिवारको जोखिम र बचतमा यसले सहयोग गर्ने कार्यक्रममा बताएका थिए ।सो कार्यक्रम भैरहवा शाखाका शाखा प्रमुख गोवर्धन पाण्डेले संचालन गरेका थिए ।

चेक हस्तान्तरण कार्यक्रममा शाखाका कर्मचारी एवं अभिकर्ता लगायत स्थानियको सहभागिता रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*