पूँजी बृद्धिको कुराले बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

१३ चैत्र २०७८, आईतवार १५:१९

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा ४१ अंकको गिरावट आएको छ । गत साता १६ अंकले मात्रै घटेर बन्द भएको पूँजीबजारमा आज ४१ अंकले गिरावट आएको हो ।

नेप्सेमा सूचीकृत २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९८ लाख ९५ हजार १४ हजार ४१५ रुपैैयाँको कारोबार भएको छ ।

गत साताको तुलनामा आज कारोबार रकम भने केही हदसम्म बढ्न पुगेको छ । २।३ अर्बमा कारोबार सीमित हुने शेयरबजारमा आज झण्डै ५ अर्बको कारोबार हुन पुगेको छ । बीमा समितिले बीमा कम्पनीहरुको पूँजी बृद्धि गर्ने निर्णय गरेसँगै शेयरबजारमा प्रभाव देखिएको हो ।

आज सर्वाधिक कारोबार हुने कम्पनीहरुमा पनि बीमा कम्पनीहरु नै धेरै रहेका छन् । सर्वाधिक कारोबार हुने कम्पनीमा आज अपि पावर रहेको छ । कम्पनीको आज एकैदिन २७ करोड ५६ लाख ७४ हजार ३९३ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, गुराँस लाइफ इन्स्योरेन्सको १७ करोड ५१ लाख, एभरेष्ट इन्स्योरेन्सको १६ करोड ३१ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको १६ करोड २९ लाख र प्रभु इन्स्योरेन्सको १५ करोड ३३ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*