४१ अंकले घट्यो नेप्से, निर्जीबन बीमा समूहको बढ्दा झण्डै ५ अर्बको कारोबार

१३ चैत्र २०७८, आईतवार १५:१०

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । आज नेप्से परिसूचक ४१.४३ अंक अर्थात् १.५९ प्रतिशतले घटेर २५७२.२३ विन्दुमा पुगेको छ ।

नेप्सेमा सूचीकृत २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९८ लाख ९५ हजार १४ हजार ४१५ रुपैैयाँको कारोबार भएको छ ।

नेप्से परिसूचक घटेतापनि आज कारोबार भने केही बढ्न पुगेको छ । अघिल्लो हप्ता २।३ अर्बमा सीमित भएको शेयरबजारमा आज तुलनात्मक हिसाबमा लगानीकर्ताहरुले शेयर खरिदबिक्री बढी गरेका छन् ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज निर्जीबन बीमा समूहमा मात्रै हरियाली छाएको छ भने अन्य सबै सूचक राताम्य भएका छन् । निर्जीबन बीमा समूहको १.०९ प्रतिशत अर्थात् १३३ रुपैयाँले बढ्न पुगेको छ । नियमक निकाय बीमा समितिले जीवन बीमा तथा निर्जीबन बीमा कम्पनीको पूँजी बृद्धि गर्ने निर्णय गरेसँगै आज निर्जीबन बीमा समूहको बृद्धि हुन पुगेको हो ।

त्यस्तै, आज सर्वाधिक घट्ने समूहमा उत्पादन तथा प्रशोधन समूह र विकास बैंक समूह रहेका छन् । यी दुई समूहको १४५ रुपैयाँले घट्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*