साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । साल्ट ट्रडि कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (चैत १४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत १५ गतेदेखि चैत ३० गतेसम्म बुक क्लोज गर्ने भएकाले सोमबारसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले ५५औं वार्षिक साधारण सभा चैत ३० गते बिहान ११ बजे सोल्टी होटल ताहाचल काठमाडौंमा बस्ने गरी बोलाएको छ ।
साथै, उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने लगायत संचालक नियुक्त अनुमोदन गर्ने प्रस्ताव समेत कार्य सूचिमा समावेश गरिएको छ ।