सर्लाहीमा बस दुर्घटना, चार जनाको मृत्यु

१३ चैत्र २०७८, आईतवार १३:४७

काठमाडौं । सर्लाहीमा बस दुर्घटनामा परि चार जनाको मृत्यु भएको छ । वीरगञ्जबाट जनकपुरतर्फ गइरहेको यात्रुबहाक बस सर्लाहीमा दुर्घटनामा परेको हो ।

ना ४ ख ८५५५ नम्बरको बस पुलबाट खोलामा खस्दा चार जनाको मृत्यु र ३० जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूको पहिचान भइसकेको छैन।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीस्थित फूलजोर भन्ने ठाउँमा आज बिहान सवा ११ बजे पुलबाट बस खोलामा खसेको हो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा लगिएको छ भने घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*