बुटवलमा महालक्ष्मी लाइफको एक दिने सेमिनार सम्पन्न

१३ चैत्र २०७८, आईतवार १३:०५

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सेमिनार कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले एक दिने सेमिनार बुटवलमा सम्पन्न गरेको हो ।

उक्त सेमिनारमा बीमा क्षेत्रमा कसरी सफल हुन सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो । सो सेमिनारका प्रमुख अतिथि महालक्ष्मी लाइफ इन्स्योरेन्सका चिफ मार्केटिङ अफिसर प्रशान्त राज धमलाले सो कम्पनी छोटो समयमा नै उच्च स्थानमा पुग्न सफल भएको बताए । साथै बीमा व्यवसायमा सफल हुनका लागि व्यवसायिक लगाव हुनुपर्ने बताए ।

त्यस्तै, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका मार्केटिङ म्यानेजर यमलाल न्यौपानेले बीमा गर्ने व्यक्तिले पाउनुपर्ने पैसा कमिशन सहित सबै पाउने हुँदा अभिकर्ताहरुलले निर्धक्कका साथ खुलेर व्यवसायिक रुपमा काम गर्न आग्रह गरे ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स भैरहवा शाखाका शाखा प्रबन्धक अजय त्रिपाठिको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रम बुटवल शाखाका शाखा प्रमुख गणेश भुसालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

साथै उक्त कार्यक्रममा महालक्ष्मी लाइफ इन्स्योरेन्सका एरिया ब्रान्च म्योनेजर अमरदिप गुप्ता सहित बर्दघाट शाखा प्रमुख बिनय झेडि, परासी शाखाका प्रमुख बृजेश जैसवाल, लुम्बिनीका शाखा प्रमुख जितेन्द्र कुमार दुबे, पाल्पाका शाखा प्रमुख सिर्जना राना र जितपुर कपिलवस्तुका शाखा प्रमुख सागर घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*