बीमा कम्पनीहरुको पुँजीवृद्धिले कम्पनीको शेयरमा उछाल, कुन कम्पनीको शेयरमा लाग्यो सर्किट ?

१३ चैत्र २०७८, आईतवार ११:४१

काठमाडौं । आज बीमा कम्पनीहरुको शेयरमा उछाल आएको छ । बीमा समितिले बीमा कम्पनीहरुलाई समितिले बिहिबार पुँजिवृद्धि गर्ने निर्देशन दिएसँगै यसको प्रभाव आजको शेयर बजारमा देखिएको छ ।

बीमा समितिले बिमा कम्पनीहरुको चुक्ता पुँजी बढाउने निर्णय गरेपछि यतिबेला समग्र बिमा बजारसहित विशेषगरी पुँजी बजारमा अझ व्यापक चर्चा–परिचर्चा सुरु भएको छ । वास्तवमै भन्नुपर्दा यसले पुँजी बजारमा नयाँ तरंग ल्याइदिएको छ । बीमा समितिले जीवन बिमाको न्यूनतम पुँजी ५ अर्ब र निर्जीवनको २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन भनेको छ । यसरी तोकिएको न्यूनतम पुँजी बीमाकम्पनीहरुले आगामी १ वर्षभित्र पुर्याइसक्नुपर्नेछ । कम्पनीहरुले १ महिनाभित्र क्यापिटल प्लानसमेत पेश गर्नुपर्नेछ । यसको प्रभाव आजको शेयर बजारमा देखिएको छ ।

यससँगै कारोबार खुलेको केही समयैमा अधिकांश कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भइरहेको छ । बीमा पोष्टले यो समाचार तयार पार्दासम्ममा ४ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भइसकेको छ । जसमध्ये सानिमा जनरल इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य १०÷१० प्रतिशतले बढेका छन् । त्यस्तै, अजोड इन्स्योरेन्स र जनरल इन्स्योरेन्सको सेयर मूल्य क्रमशः ९.८७ र ९.६५ प्रतिशतले बढेर प्रतिकित्ता ७६८ र ६५८ रुपैयाँमा कारोबार भइरहेको छ ।

बढी कारोबार गर्नेको अग्रस्थानमा सबै बीमा कम्पनीहरु रहेका छन् । जसमध्ये गुराँस लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी सेयर कारोबार भइरहेको छ । कारोबार खुला भएको ३० मिनेट नबित्दै कम्पनीको ६ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*