सगरमाथा इन्स्योरेन्सले खुलायो ठूलो संख्यामा रोजगारीको अवसर, आवेदन दिन ३ दिन बाँकी

१३ चैत्र २०७८, आईतवार ११:४६

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

इन्स्योरेन्सले म्यानेजर।डेपुटी म्यानेजर।असिस्टेन्ट म्योजनर (क्लेम), अफिसर।जुनियर अफिसर (क्लेम), अफिसर।जुनियर अफिसर (कस्टमर केयर) मा एक–एक जना कर्मचारी माग गरेको हो ।

त्यस्तै, उपत्यका भित्र र बाहिरहका लागि शाखा प्रबन्धक केही संख्यामा, असिस्टेन्ट म्यानेजर (मार्केटिङ)का लागि केही संख्यामा, सिनियर डेभलपमेन्ट अफिसर (मार्केटिङ)का लागि केही संख्यामा र असिस्टेन्ट म्यानेजर (एचआर) डिपार्टमेन्टका लागि एक जना र लिगल डिपार्टमेन्टका लागि अफिसर एक जना कर्मचारीका लागि रोजगारीको अवसर खुलाएको हो ।

सो पदहरुको लागि कम्पनीले न्युनतम स्नातक तहदेखि स्नाकोत्तर तहसम्म उत्तीर्ण शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले चैत १६ गतेभित्र कम्पनीको वेबसाइट https://online.sagarmathainsurance.com.np/career मार्फत आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*