चिलिमे जलविद्युतद्धारा पाँच वर्ष पुरानो नगद लाभांश लिन शेयरधनीलाई आग्रह
काठमाडौं । चिलिमे जलविद्युतले शेयरधनीहरुलाई पाँच वर्ष पुरानो नगद लाभांश लिन आग्रह गरेको हो । कम्पनीको २०७३ पुस २९ गते सम्पन्न कम्पनीको २०औं साधारण सभाले पारित गरेको आर्थिक वर्ष २०७२।०७३ नगद लाभांश नलिएका शेयरधनीहरुले समयमै बुझ्न अनुरोध गरेको हो ।
पाँच वर्ष पुरा भएका नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने ब्यवस्था रहेकाले यथाशिघ्र सम्पर्क गरी आफ्नो लाभांश सुरक्षित गर्न कम्पनीले सूचना मार्फत आग्रह गरेको हो । हालसम्म पनि नगद लाभांश नबुझेका शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र कम्पनीको रजिष्ट्रार कार्यालय सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल काठमाडौंमा सम्पर्क राखी नगद लाभांश लिन सक्नेछन् ।
साथै, तोकिएको अवधि भित्र लाभांश नलिएको खण्डमा उक्त नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।