मेगा बैंक नेपालको घोराही शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको घोराही शाखाले घोराही–१७ चौघेरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
जेष्ठ नागरिक प्रतिक्षालय एवं राधाकृष्ण मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष पदम प्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रम बैंकका कर्मचारी सन्तोष ओलिले कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
नेपाल राष्ट्र बैंकले यस सातालाई ग्लोबल मनि साता घोषणा गरेसंगै बैंक तथा बित्तिय संस्थाले साक्षरता कार्यक्रम गर्दै आइरहेका छन् । उक्त कार्यक्रममा मेगा बैंकका शाखा प्रबन्धक बिबेक आचार्यले बैंक तथा बित्तिय संस्थाले दिने सेवा, बैन्किङ सुरक्षा, विभिन्न प्रलोभन देखाएर हुने कारोबारबाट सजग आफू पनि हुनुपर्ने अनि अरुलाई पनि गराउनुपर्ने जस्ता विषयमा प्रष्ट पारेका थिए ।
बैंकका कर्मचारी मनिश सेढाईले सहजिकरण गर्नु भएको कार्यक्रममा जनप्रीय टोलका अध्यक्ष ध्रुब गोराथोकी, मयुर टोलका अध्यक्ष स्थानेश्वोर सुवेदी,जनप्रीय टोलका सचिब नारायण प्रसाद पोख्रेल र कोषाध्यक्ष ओम कान्त रेग्मी,समाजसेवी खेमराज पोख्रेल (उपेन्द्र )लागयत ले आफ्नो मन्तव्य राखेका थिए ।