आइएमई जनरल इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने भोलि अन्तिम मौका

१२ चैत्र २०७८, शनिबार १४:४१

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने भोलि (चैत १३ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४ कित्ता शेयरको अनुपातमा फागुन २२ गतेदेखि हकप्रद शेयर निष्काशन गरेको हो ।सो अनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद जारी गरेको हो ।

कम्पनीले हकप्रद निष्काशनका लागि फागुन १ गते शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) गरेको थियो । जसअनुसार माघ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउनेछन् ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटल तथा आइएमई जनरल इन्स्योरेन्सका रजिष्टर्ड तथा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन् ।

हकप्रद जारीपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६२ करोड ६ लाख २० हजार ४०० रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*