चिनियाँ विदेशमन्त्री काठमाडौंमा

११ चैत्र २०७८, शुक्रबार १७:४४

काठमाडौं । चिनियाँ विदेशीमन्त्री वाङ यी काठमाडौं आएका छन् । भ्रमणको सिलसिलामा भारतमा रहेका वाङ शुक्रबार अपरान्ह चार्टर्ड जहाजमा दिल्लीबाट काठमाडौं आएका हुन ।

उनलाई त्रिभुवन विमानस्थलमा वाङलाई परराष्ट्र सचिव भरतराज पौड्याले स्वागत गरेका थिए । शनिबार परराष्ट्र मन्त्री नारायण खड्का र यी नेतृत्वका दुई टोलीबीच औपचारिक वार्ता हुनेछ । उक्त वार्ताका क्रममा केही सम्झौताहरू पनि हुने अपेक्षा गरिएको छ।वाङसहित २५ सदस्यीय भ्रमण टोलिसहित आएको वांङ विमानस्थलबाट द्धारिका होटल गएका छन् भने भोलि बिहानदेखी मात्रै औपचारिक भेटघाट गर्नेछन् ।

शनिबार विहान नेपालका समकक्षी डा.नारायण खड्कासँग उनले भेटघाट गर्नेछन् । त्यसअघि उनी बिहान साढे ६ बजे नै शिवपुरीमा हाइकिङ जाने छन् । शनिबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने तय भएको छ । वाङले आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि साँझ चीन फर्किने कार्यक्रम तय भएको छ ।

एमसीसी पास र कम्युनिष्ट पाटीको फुट पछिको चिनियाँ विदेश मन्त्रीको भ्रमणलाइ चासोको रुपमा हेरिएको छ । तीन दिने नेपाल भ्रमणको सकेर विदेशमन्त्री वाङ यी चैत १३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*