जगदम्बा स्टीलको ग्याल्भा प्सल र सुपर शाइन नेपाली बजारमा

११ चैत्र २०७८, शुक्रबार १६:३१

काठमाडौं । जगदम्बा स्टीलले दुई नयाँ प्रोडक्ट लन्च गरेको छ । काठमाडौंको हायात रिजेन्सीमा पत्रकार सम्मेलन गर्दै जगदम्बा स्टिलले ‘जगदम्बा ग्याल्भा प्लस र जगदम्बा सुपर शाइन’ प्रडक्ट लन्च गरेको हो ।

कम्पनीले केही समय अघि मात्र सिमरा स्थित अत्याधुनिक नयाँ प्लान्टको स्थापना गरी उत्पादन कार्य सुरु गरेको हो । जगदम्बा स्टीलले आज लन्च गरेको उक्त प्रोडक्टहरुमा गुणस्तरीयता, विश्वसनीयता र भरपर्दो रहेको जनाएको छ ।

जगदम्बा ग्याल्भा प्लस, प्रिमियम एल्युमिनियम–जिंक कोटेड शिट जसलाई ग्लाल्भल्युम पनि भनिन्छ । यो एक अलोय कोटिङ गरिएको उत्पादन हो, जसमा तौलको हिसाबले ५५ प्रतिशत एल्मुनिनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन मिश्रित रहेको छ । जगदम्बा ग्याल्भा प्लस नेपालमा अत्याधुनिक रुफिङ उद्योगमा नयाँ आयाम हो, जसले फलामलाई अक्सिडेशनबाट बचाउँदछ । परिणामस्वरुप उत्पादनलाई सामान्य उत्पादनको तुलनामा १० गुणा बढी टिकाउ बनाउँदछ । विभिन्न रङको विकल्पमा उपलब्ध यही ग्याल्भा प्लसलाई भने गजदम्बा सुपर शाइनको नाम दिइएको छ ।

नाम र रङमा फरक भएतापनि यसको उत्पादन र रासायनिक गुणहरु एउटै हुन् । विभिन्न आकर्षक रङले कोटिङ गरिएको जगदम्बा सुपर शाइन जस्ता पाताहरु कच्चा मालको रुपमा एल्युमिनियम–जिंक कोटेड प्लेट (पीपीजीएल) प्रयोग निर्माण गरिएको छ । एल्युमिनियमले जगदम्बा ग्लाल्भाप्लस वा जगदम्बा सुपर शाइनलाई नेपाली बजारमा उपलब्ध साधारण ग्याल्भेनाइज्ड स्टील भन्दा भिन्न बनाउँदछ ।

जगदम्बा ग्याल्भा प्लस नेपालको पहिलो स्वचालित अत्याधुनिक ग्लाल्भल्युम लाइन प्रक्रियाबाट उत्पादित पहिलो एल्मुनियम–जिंक कोटिङ भएको उत्पादन हो । जगदम्बा ग्याल्भा प्लस पाताको उत्पादनमा नवीनतम विश्व प्रख्यात प्रविधि र सर्वोकृष्ट उपकरणको प्रयोग गरिएको छ, जसले घरको लागि उच्चतम सुरक्षा, दीर्घायु जीवन र आकर्षक स्वरुप सुनिश्चित गर्दछ ।

जगदम्बा स्टीलले नेपालको औद्योगिक इतिहासमै पहिलो पटक तेस्रो देशमा स्वदेशी उत्पादनको निर्यात थालनी गरेको छ । जगदम्बा स्टीलका दुई उत्पादनहरु जगदम्बा सुपर शाइन र ग्याल्भा प्लस रोमोनिया, यूयई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा उच्च मागका साथ आपूर्ति हुन थालेको जगदम्बा स्टीलका जनरल म्यानेजर मनोज तिवारीले बताए ।

उनले भने, ‘यी दुई नयाँ प्रोडक्टको गुणस्तरीयता उच्चतम रहेको छ र अब हामी निर्यातको दायरलाई पनि फराकिलो बनाउँदै लैजानेछौं ।’
साथै जगदम्बा सुपर शाइन, प्रिमियम रङद्धारा कोटिङ गरिएका पाताहरुले उत्कृष्ट रङ प्रविधि (सुपिरियर पेन्ट टेक्नोलोजी) प्रयोग गरिएको छ । जसले थप सुरक्षा प्रदान गर्दछ । उक्त पेन्ट प्रविधिले पेन्ट फुट्न र चर्किनबाट रोक्दछ । अन्य कम्पनीका साधारण पेन्ट कम समयमै फिका हुँदै जान्छ र १।२ वर्षमा छाना पुरानो देखिन थाल्छ । यस प्रविधिले धेरै वर्षसम्म छानालाई नयाँ राखी घरलाई अतिरिक्त सौन्दर्य प्रदान गेर्न सुनिश्चित गर्दछ ।

आज यी दुई नयाँ प्रोडक्ट लन्च गरिएको कार्यक्रममा जगदम्बा स्टीलका ब्रान्ड एम्बेसडर महानायक राजेश हमालले शंकर ग्रुप र जगदम्बा स्टीललाई धन्यवाद दिँदै यी दुई प्रोडक्ट अन्य तुलनामा भरपर्दो र गुणस्तरीयमा उच्च रहेको बताए ।

प्रतिष्ठित निर्माण समूह शंकर ग्रुप अन्तर्गत जगदम्बा स्टील्स नेपालको सबैभन्दा ठूलो फलामे छड उत्पादन कम्पनी हो, जसको उत्पादन क्षमता वार्षिक ३ हजार मेट्रिक टन, रोलिङ मिल (टीएमटी) क्यापसीटी छ । साथै, स्टील रोलिङ प्रविधिबाट टीएमटी बार उत्पादन गर्ने नेपालको पहिलो कम्पनी पनि हो ।

उत्पादन तथा प्रविधिमा सफलतापूर्वक नवप्रवर्तन हासिल गर्दै २५ वर्ष पुरा गरिसकेको जगदम्बा स्टीलले ग्लाल्भा प्लस र जगदम्बा सुपर शाइन पश्चात पनि थप अत्याधुनिक निर्माण सामाग्री नेपाली बजारमा ल्याउन प्रतिबद्ध रहेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*